कलैया, २९ बारा

बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. १, २ र ४ मा रहेका कृषकहरूका लागि ठूलो राहत मिलेको रास्वपाका नेता डा. सुशील साह ले जनाएका छन। सो छेत्रमा लामो समयदेखि बिग्रिएको कृषि विद्युतिय ट्रान्सफर्मरका कारण सिँचाइमा समस्या भोग्दै आएका किसानहरू अब सहज रूपमा विद्युत सेवा पाउने भएका छन्।

करिब एक वर्षदेखि काम नगरेको उक्त ट्रान्सफर्मरको समस्यालाई मध्यनजर गर्दै साहले आफ्नो पहलमा विद्युत कार्यालयले नयाँ ट्रान्सफर्मर जडान गराएपछी आत्म सन्तुष्टि मिलेको बताए । नयाँ ट्रान्सफर्मर जडानसँगै किसानहरूलाई सिँचाइ गर्न सहज भएको छ भने खेतीपातीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

स्थानीय कृषकहरूले लामो समयदेखि भोग्दै आएको समस्या समाधान भएको भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूले समयमै पहल गरी समस्या समाधान गरिदिएकोमा संबंधित निकायलाई धन्यवाद समेत व्यक्त गरेका छन्।

यस पहलले स्थानीय स्तरमा कृषि उत्पादन वृद्धि गर्न र किसानको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

नेता डा. साह जनताको समस्यालाई आफ्नो समस्या सम्झेर लागिपर्ने नेता भएकाले उनि जनतामा पछिल्लो समय लोकप्रिय बन्दै गएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर