साजिर मन्सूर
कलैया,फाल्गुन ११

कलैया उपमहानगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन १३ गतेदेखि सुरु हुने भएको छ। आज कलैया उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको सन्चारकर्मिहरु सङ्गको १ दिने अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो।
उपमहानगरको सभाहलमा उपमहानगरका २७ वटै वडामा फाल्गुन १३ देखि १७ गते सम्म खोप अभियान चलाईने स्वास्थ्य महाशाखाका प्रमुख अजय जयस्वालले जानकारी गराए ।
प्रमुख प्रशासकिय अधिकृत नाथु साहले फागुन १३ गतेदेखि सुरु हुने उक्त अभियान अन्तर्गत पहिलो दिन श्री ३ चन्द्र माबिमा मेयर बिनोद साह,सिसहनियामा उप मेयर रौशन प्रविण र दुर्गा नमुना माबिमा म स्वयं एकै पटक अभियानको शुरुवात गर्ने बताएका छन ।
यो अभियानमा उपमहानगरका ४७ हजार जना बालिबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ महाशाखाका मनोज यादवले जानकारी गराए। उनका अनुसार दादुरा–रुबेला खोप अभियान अन्तर्गत उपमहानगरका स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतका स्थानमा खोप केन्द्र स्थापना गरिनेछ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर