साजिर मन्सूर
कलैया,फाल्गुन १३
कलैया उपमहानगरपालिका बोर्डले आफ्नो दुई जना कर्मचारीहरुलाई सम्मान गरेको छ ।
नेपालका ७५३ वटै स्थानीय तहहरुको संस्थागत स्वमूल्याङ्कन, वित्तीय जोखिम मुल्याङ्क तथा कार्य सम्पादनको स्तर मापन गर्न विभिन्न कार्यविधि तथा मापदण्ड बनाई स्थानीय तहहरुले गत आ.व.मा भए गरेका कार्यहरुको आधारमा तोकिएको सूचक अनुसार अंक भार निर्धारण गरि सार्वजनिक गर्ने गरिएकोमा कलैया उपमहानगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) , स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) र राष्ट्रिय प्रकृतिक श्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा उत्तम नतिजा हासिल गरेकोले उक्त कार्यमा विभिन्न शाखा/महाशाखाका कर्मचारीहरुको साथ र सहयोगले प्रत्यक्ष संलग्न रहेका दुई जना नेपालका ७५३ वटै स्थानीय तहहरुको संस्थागत स्वमूल्याङ्कन, वित्तीय जोखिम मुल्याङ्क तथा कार्य सम्पादनको स्तर मापन गर्न विभिन्न कार्यविधि तथा मापदण्ड बनाई स्थानीय तहहरुले गत आ.व.मा भए गरेका कार्यहरुको आधारमा तोकिएको सूचक अनुसार अंक भार निर्धारण गरि सार्वजनिक गर्ने गरिएको मा यस कलैया उपमहानगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) , स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) र राष्ट्रिय प्रकृतिक श्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा उत्तम नतिजा हासिल गरेकोले उक्त कार्यमा विभिन्न शाखा/महाशाखाका कर्मचारीहरुको साथ र सहयोगले प्रत्यक्ष संलग्न रहेका दुई जना कर्मचारी ( स्थानीय शासन विज्ञ श्री नजबुल्लाह अंसारी र सूचना प्रविधि अधिकृत श्री सुरेश कुमार यादव) लाई आज मिति २०८०।११।१३ गते नगर कार्यपालिकाको बैठकबाट सम्मान गरिएको छ। स्थानीय शासन विज्ञ नजबुल्लाह अंसारी र सूचना प्रविधि अधिकृत सुरेश कुमार यादवलाई नगर कार्यपालिकाको बैठकबाट सम्मान गरिएको छ नगर प्रमुख बिनोद साहले बताएका छन । मेयर साहले आफू काम नगर्ने का लागि जति कठोर छु त्यतिकै काम गर्ने ईमान्दार कर्मचारीको लागि नरम र स्नेह पनि गर्ने बताएका छन । आफ्नो काममा जिम्मेवारी पुर्वक लागेर समग्र पालिकाको इज्जत र नाम हुने काम गरेकोमा अन्सारी र यादवलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । यता अन्सारी र यादवले कामको मुल्यांकन गरि सम्मान गरिएकोमा नगर प्रमुख र उप प्रमुख सहित समग्र कार्यपालिका लाई धन्यवाद दिएका छन । साथै दुबैले यो नतिजा ल्याउन महत्वपूर्ण अभिभावकिय भुमिका निर्वाह गरि आवस्यक निर्देशन दिएको प्रमुख प्रसासकिय अधिकृत नाथु साहलाई यो सम्मानको श्रेय दिएका छन । सारा कर्मचारी तथा शाखा प्रमुखको समन्वय र साथले यो सम्मान पाएको समेत बिश्वास एफएम लाई जानकारी गराएका छन ।







