साजिर मन्सूर
कलैया,फाल्गुन १५

नेपाल सरकारका पुर्व मन्त्री तथा हाल प्रतिनिधि सभा सदस्य माननिय ज्वाला साहले पुरुषको तुलनामा महिलाको ज्याला बढी हुनुपर्नेमा जोड दिएकी छन । बाराको सदरमुकाम कलैयामा टेवा धापाखेल ललितपुरको समन्वय एवम ग्रामीण उत्थान अभियान कलैयाको आयोजनमा भएको सामुदायिक सुरक्षा जालो तथा महिलाबादी आन्दोलनको सुदृढीकरणको दोश्रो चरण मा पालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि उनले यस्तो बताएकी हुन । घरको सम्पुर्ण काम महिलाले गरेर पुनः जागिरका क्रममा समेत ईमान्दार भएर कर्तब्य निर्वाह गर्ने महिलाको ज्याला कम दिइनु आफैमा गलत भएको बताएकी हुन । आफू भुमी सुधार मन्त्री भएको बेला नै महिलाहरुको नाममा लाल पुर्जा दिइनुपर्छ भनेर मुक्त कमैयाहरुलाई लाल पुर्जा दिदा श्रीमान श्रीमती दुबैको नाममा पुर्जा बनाउन लगाएर अभ्यास शुरु गरेको स्मरण गरिन । बर्तमान सरकार हाम्रो पटक्कै नसुनेर अहिलेको आर्थिक अवस्था यस्तो आएको टिप्पणी गरेकी छन । मधेस प्रदेशमा नारा मात्र भयो तर काम हुन नसकेको भन्दै यसैको कारण अहिले पनि यहाको महिलाहरुको अवस्था दयनिय रहेको बताईन । बेटि पढाउ बेटि बचाउ अभियान चलाएको सरकारले साईकल किनौ कमिशन खाऔ मा मात्र सिमित हुदा अख्तियारले समातेको बताईन । मधेसमा दाइजो प्रथा बिकराल बन्दै गएको र यसबाट कयौ घर बर्बाद भएकाले आ आफ्नै स्तर बाट न दाइजो लिने न दिने प्रतिबद्धता जनाउनुपर्ने बताईन । आफुले चुनावका बेला कोहि कसैलाई खुट्टा नढोगेको र आश्वासन नबाडेको ठोकुवा गर्दै बिना पैसा बाडी चुनाव जितेको जिकिर गरेकी छन ।

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले कलैयाको मुख्य समस्या मानवत मटिअर्वा सडक को अधुरो बाटो भएको र यसैले गर्दा कलैया कुरुप देखिरहेको बताउदै कानुनी जटिलता र ठेकेदारको रबैयाले बाटो बन्न ढिलाई भैरहेको बताएका छन । तथापी उपमहानगरपालिकाले बाटो बनाउन हर सम्भव प्रयास गरिरहेको बताएका छन । सबैको लागि अनुकुल र आवस्यकता अनुसारको तालिम उपमहानगरपालिकाले गराउदै आएको बताएका छन । पहिले देखि डिजे बन्द गराउन पालिकाले निर्णय गरेपनी कार्यान्वयन नहुदा समस्या भएको भन्दै अब फेरि कार्यपालिका को बैठकबाट यसलाई अनुमोदन गराई कलैयामा पुर्ण रुपले बन्द गराउन कडा नियम बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

सोही कार्यक्रममा बोल्दै बारा उधोग बाणिज्य संघका उपाध्यक्ष प्रदिप साह उर्फ गोल्डेन ले ब्यापारीका हकहितका लागि लड्ने संस्था भएको र त्यसका लागि लडदै आएको बताए । उनले आफू जितेपछि साना उधोगिहरुको लागि २५ वटा तालिम दिएको,एडिबिको सहयोगमा २ सय बढी महिलालाई ब्यवसायीक तालिम दिएको बताएका छन । जति तालिम चलेपनी ईच्छुक महिलाहरुले आफू यो तालिम लिन चाहेको भन्दै बारा उधोग बाणिज्य संघमा आएर निवेदन दिदा आफुहरले त्यो तालिम को ब्यवस्थापन गराउने प्रतिबद्धता जनाएका छन । बैंकहरुले मनोपोली किसिमले ब्याज बढाउदा आफुहरुले कडा आन्दोलन गरेर सरकारलाई ध्यानाकर्षण गराएको पनि स्मरण गराए । नेतृत्व पंक्ति ले बारा महोत्सव गराउन नचाहेको बताउदै आफुहरु समग्र सङ्ग मिलेर जसरी पनि बारा महोत्स्व गराएरै देखाउने ठोकुवा गरेका छन ।

वडा नम्बर २७ का वडा अध्यक्ष अशोक तिवारीले आफुले आफ्नो वडामा बाल बिवाह बन्द गराउन गैरहेको घोषणा गरेका छन । दाईजोको हकमा वडामा आएर खबर गर्न आग्रह गरेका छन । चुनावका बेला पैसा खाएर भोट दिदा धेरै जनप्रतिनिधि ले जन चाहना अनुसार काम नगरेको तितो अनुभव रहेपनी आफ्नो वडामा त्यस्तो केही नभएको बताए ।

जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी निरीक्षक तथा महिला बालबालिका ज्येष्ठ नागरिक शाखाका प्रमुख बिमला कठायतले महिला हिंसा भएमा कार्यालयमा आउदा बिना झन्झट न्याय पाउने बताईन । उनले आफ्नो स्वार्थ पूरा गर्न कसैमाथि गलत आरोप नलगाउन पनि आग्रह गरिन ।

ब्लु हेभेन नेपाल कि कार्यक्रम सम्योजक पुर्णिमा श्रेष्ठले यौनिक तथा लैङ्िगक अल्पसंख्यक को कुरा जति भनेपनी स्थानिय सरकारहरुले पटक्कै सुन्न नचाहेको अधिकारका बारेमा बास्ता नगरेको,अरु जिल्लाका स्थानिय तहहरुले योजना बजेट ल्याएपनी हाम्रो जिल्लाका स्थानीय तहले नगर्नु अत्यन्तै खेदपुर्ण रहेको दुखेको पोखिन । उनले केही स्थानिय तहले बाचा गरेर पनि हाम्रो समुदायको भावना सङ्ग खेलवाड गरि हाम्रो एउटा पनि कार्यक्रम नराख्नु ले चित दुखेको बताईन ।
सार्वजनिक सुनुवाईमा बिरेन्द्र चौधरी,रम्भा देबि,नजमा खातुन,राधिका गुप्ता,निभा राम,चान्दनी यादव,नसिमा खातुन,प्रीयन्का कुश्वाहा,सोनि गुप्ता,सीता राम लगायतकाले जिज्ञासा सहितको प्रश्न राखेका थिए ।
ग्रामीण उत्थान अभियान का अध्यक्ष मुकदम अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २३ का अध्यक्ष अमिन अन्सारी,एमाले बाराका उप सचिव अमृत शर्मा,नेपाल चिकित्सक संघ नारायणी का महासचिव डा. नौशाद हक,टेवाका महिलाबादी आन्दोलनकि अगुवाहरु रुपा उदास,सरस्वती श्रेष्ठ र टेवाको सहयोगी कबिता भन्डारी सहित सयौको संख्यामा सहभागीहरुको उपस्थिति रहेको थियो ।
टेवा संस्थाका बारेमा सरस्वती श्रेष्ठले प्रस्तुतीकरण गरेकी थिईन ।
कार्यक्रमको सहजीकरण बाराका सन्चारकर्मी साजिर मन्सूरले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर