
शिल्पा कुश्वाहा
कलैया,फाल्गुन २६
किराना ब्यापार संघ कलैयाले आउदै गरेको महान पर्व होलिको अवसरमा होलि मिलन कार्यक्रम सम्पन्न गरेको छ । कलैया ४ स्थित तेलि कल्याण समाज नेपालको सभाहलमा कार्यक्रम सम्पन्न भएको कलैया ब्यापार संघका सदस्य राजेश गुप्ताले जानकारी गराएका छन ।
संघमा हाल ९५ वटा किराना पसल आबद्द रहेको गुप्ताले जानकारी गराए । खुल्ला सिमा नाकाले यहाका किराना ब्यवसायी अत्यन्तै समस्यामा परेको र ब्यापार धरासायी बन्दै गएको संघका अध्यक्ष सुनिल साहले दुखेसो पोखे । किराना पसलहरुमा दैनिक जसो चोरी भैरहेको र सो को लागि स्थानिय प्रशासन र स्थानिय निकायको ध्यानाकर्षण गराएका छन । बारा जिल्ला भरका किराना ब्यापारी लाई एकजुट गरि हामिले शसक्त संगठन निर्माणमा लागेको समेत सो अवसरमा अध्यक्ष साहले बताएका छन ।
किराना ब्यापार संघले बारा प्रहरीले भर्खरै निकालेको अस्लिल गित र जोरले बज्ने डिजेको प्रतिबन्ध गरेकोमा संघले धन्यवाद दिएको छ । समाजमा बज्ने गरेको अत्यन्तै अस्लिल गितले समग्र समाज नै दुर्गन्धित बन्दै गरेको प्रती आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाउदै सबैले समाजमा अस्लिल गित र जोरले बज्ने डिजे रोक्नुपर्ने संघका उपाध्यक्ष दिपलाल साहले सबैमा आग्रह गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथी बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साहले आफू भित्रको रिश द्वेश ईष्र्या त्यागेर भाईचारा कायम गर्न आग्रह गरेका छन । किराना ब्यवसाय दैनिक दिनचर्या सङ्ग जुडेकाले आफ्नो लालचमा परेर म्याद गुज्रेका कुनै समान नबेच्न आग्रह गरे । जनमानसको स्वास्थमा प्रभाव पार्ने कुनै उत्पादन समान नबेच्न आग्रह गरेका छन । खासगरी दुई रुपैया को लालचमा परेर खाने तेल बेच्ने गरिएको प्रती गम्भीर ध्यानाकर्षण भएको बताउदै त्यस्तो नगर्न सुझाए ।
संघ बाराका अध्यक्ष सुनिल साहको अध्यक्षता एवम बारा उधोग बाणिज्य संघ बाराका अध्यक्ष साहको प्रमुख आतिथ्यमा भएको होलि मिलन कार्यक्रममा बरिस्ठ उपाध्यक्ष ग्यानेस्वर प्रसाद यादव,महासचिव बाबू योगेन्द्र साह,बिश्वास एफएम कलैयाका प्रबन्ध निर्देशक साजिर मन्सूर,सचिव सुरेश प्रजापती,सह सचिव जय प्रकाश साह,कोषाध्यक्ष गौरीशंकर गुप्ता,सदस्यहरु सन्जय पटेल,रामबाबु साह,सिकिन्द्र प्रसाद जयस्वाल,राजेश प्रसाद केशरी,राजा दास,सुशील केशरी र रौनक दास बनिया सहित किराना ब्यापारिहरुको उपस्थिति रहेको थियो ।