शिल्पा कुश्वाहा
कलैया,चैत्र १६

रौतहट जिल्लाको गढिमाई नगरपालिकाका विभिन्न बिद्यालयहरुमा आज संयुक्त अनुगमण सम्पन्न भएको छ ।
युरोपियन युनियन र युके एडको आर्थिक सहयोग तथा भि.एस.ओ नेपालको साझेदारीमा जन जागरण युवा क्लब बाराले बिगत ३ बर्ष देखी रौतहटको गढीमाई नगरपालिकाको ५ वटा बिद्यालयमा सहयात्रा र एक्टिभ नामक परियोजना संचालन गर्दै आएको र सो कार्यक्रमहरुक अनुगमण गरिएको त्यसै परियोजना अन्तर्गत जन जागरण युवा क्लब, बाराले जानकारी गराएको हो ।
अनुगमण संगै परियोजना संचालित चारवटा बिद्यालयहरुमा डिजिटल सिकाईका लागि ४३ इन्चको स्यामसुङ्ग टिभि समेत हस्तनान्तरण गरिएको जनजागरण युवा क्लबले जनाएको छ । उक्त परियोजनाले गुणस्तरीय समावेशी शिक्षामा योग्दान गरेको तथा बिद्यालयमा बाल क्लब, बालिका तथा समावेशी शिक्षा संजाल, गुनासो सुनुवाई संयन्त्र जस्ता संरचनाहरुले राम्रो काम गरि रहेको जस्ले गर्दा बालिका तथा अपाङ्गता भएका बालबालिकाहरु लगायत सिमान्तकृत समुदायको बालबालिकाहरुमा र अभिभावकहरुमा पढाई प्रतिको रुचि बढ्नुको साथै अत्यन्तै सहज भएको अनुगमण टोलीमा सहभागी टोलि का नेतृत्व कर्ता समेत रहेका गढिमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले बताएका छन ।
मेयर यादवले यस परियोजनाले अभिभावक तथा बिद्यालय बिचको दुरी घटाउन प्रभावकारी साबित भएको बताए ।

उक्त अनुगमणमा गढीमाइ नगरपालिकाका उप प्रमुख स्मिता कुमारी यादव, प्रमुख प्रशासकिय अधिकृत श्रीदेव यादव, शिक्षा शाखाका कर्मचारीहरु, जन जागरण युवा क्लबका उपाध्यक्ष राजदेव साह, सचिव प्रियंका दास, कार्यक्रम प्रवन्धक मनोज यादव, संयोजक कौशल साह तथा भि.एस.ओ को देवी न्यौपाने समेतको सहभागीता रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर