साजिर मन्सूर
कलैया,चैत्र २०

बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको भन्दै दुई जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुको साथबाट श्रोत नखुलेको नगद १३ लाख ५० हजार सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका वडा १ बनकटवा बस्ने ३४ बर्षका हरिकिशोर प्रसाद पटेल तथा बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ का रमेश प्रसाद कुशवाहा लाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
भारतबाट नेपाल आउदै गरेको प्र २-०३-०१६ प २३३७ नम्बरको मोटरसाईकललाई विश्रापुर गाउँपालिका वडा नम्बर ४ मुसहर्वामा रोकेर चेकजाँच गर्दा श्रोत नखुलेको १३ लाख ५० हजार रुपयाँसहित चालक पटेल र कुशवाहालाई पक्राउ गरिएको आवस्यक कार्वाही प्रक्रिया अगाडी बढाईएको बारा प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले बताए ।
काफ्लेले दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर