कलैया- निशाद राजको जन्मज्यन्तीको अवसर पारेर बैशाख १ गते आफ्ना अस्तित्वलाई संरक्षण गर्न निषाद समुदायले बारामा विशाल सम्मेलन गर्नेभएको छ ।
निषाद जागरण महाअभियान यात्राले आज बिहीवार बाराको सिमरौनगढ नगरपालिका वडा नम्बर २ रानिबासमा आयोजना गरेको पत्रकार समेलनमा सो विशाल सम्मेलनको बारेमा जनाएको छ ।
प्रत्रकार समेलनमा बोल्दै निषाद जागरण महाअभियानका राष्ट्रिय संयोजक ध्रुबलाल प्रसाद निषादले आफ्ना पहिचान संकटमा परेको र राज्यबाट समेत उपेक्षित भएको हुनाले निषाद समुदायको बारेमा नयाँ सन्ततिलाई जागरुक बनाउन निषाद राज रथ यात्रासहित बिशाल सम्मेलन गर्न लागिएको बताउनुभयो ।
आफ्ना धर्म, संसकृति , काम कर्तव्यको बारेमा नयाँ पुस्तालाई जानकारी गराउन र लोपोन्मुख अवस्थामा आएर पुगेको निषाद समुदायलाई राज्यको मुलधारमा लैजानको लागि सम्मेलनको आयोजना गर्न लागिएको उहाँको भनाई ।
सो सम्मेलनमा मधेश प्रदेशभरका निशाद समुदायको सहभागीता रहने उहाँले जानकारी दिनुभयो । रामअवतार मुखियाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा निषाद समुदायका विभिन्न पदाधिकारी लगायतको उपस्तिथि थियो ।
– प्रीयंका दास , कलैया बारा