साजिर मन्सूर
कलैया,बैशाख ५
राम नवमिको अवसरमा आज कलैया सिटि जेसिजले निशुल्क स्वास्थ्य तथा दन्त परिक्षणको आयोजना गरेको छ ।
श्री नेरा आधारभुत बिधालय कलैया ११ बिशम्मरपुरमा आयोजित शिबिरमा ७७ जनाले सेवा प्राप्त गरेको सहयोगी श्री कृष्ण डेन्टल क्लिनिक कलैयाको डाक्टर चान्दनी यादवले जानकारी गराईन । डाक्टर यादवले बिरामीमा भएका समस्याहरू – दात मा किरा लागेको,गिजा सुनिएको,दात को हड्डी खिइएको,मुख गन्हाउने,दात फोहोर भएको,मुख नखुल्ने समस्या,दात हल्लेको,दात बाङ्गो तिङ्गो भएको आदिको परिक्षण गरि उपचार गरिएको बताईन । उनले १५ जनाको शिबिरमै दात निकाल्ने काम गरिएको समेत जनाईन । शिबिरमा डेन्टल एक्सरेमा ५० प्रतिशत छुट र अन्य उपचारमा १० देखि ५० प्रतिशत सम्म छुट गरिएको आयोजक संस्थाले जनाएको छ । शिबिरमा डाक्टहरु मुकेश यादव मेरिना बिराजी,प्रदिप गुप्ता र प्रज्ञा अधिकारीले चेकजाँच गरेका थिए ।
कलैया सिटि जेसिजका अध्यक्ष पवन कुश्वाहाको अध्यक्षता तथा कलैया उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष अजय कुमार कुश्वाहाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष रन्जित चौरसिया सहित अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
कृष्ण डेन्टल क्लिनिक कलैयाले दात सम्बन्धि सबै प्रकारका उपचार आधुनिक मेसिन द्वारा गर्दै आएको छ ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702