साजिर मन्सूर
कलैया,बैशाख १२

बारा सदरमुकाम कलैयामा शि लिड्स द्वारा ३ दिने एडभान्स मोड्युल प्रशिक्षण सम्पन्न भएको छ । होटेल करण राज प्यालेसको सभाहलमा प्रशिक्षण सम्पन्न भएको हो ।

तालिमको उदेश्यका बारेमा मान्ड्विका कार्यक्रम सम्योजक मुनिलाल बैठाले सहभागी कार्यपालिका महिला सदस्यहरुको छमता अभिबृद्दी गरि सुशासन र समावेशिकरण,निर्वाचन र राजनितीमा महिला बिरुद्द हुने हिंसाका बारेमा जागरुक गराई कार्यपालिकामा वहाहरुको अर्थपूर्ण सहभागीतामा मदत पुगाउने उदेश्य रहेको बताए । अहिलेको बर्तमान समयमा बिश्वब्यापी संकट का रुपमा बिकराल रुप लिदै गएको जलबायु परिवर्तन र नितिगत ब्यवस्था सङ्गै जलबायु परिवर्तनलाई सम्बोधन गर्न समावेशी कार्यका बारे विशेष तालिम दिईएको थियो । लैङ्िगक उतरदायी बजेट र निर्वाचित महिला प्रतिनिधिहरुको भुमिका राजनितीक दल सङ्गको सन्लगनता अनुभव र रणनीतिको आदानप्रदान का बिषयमा एडभान्स छलफल गरिएको बैठाले बताए ।

oplus_0


कोल्बी नगरपालिकाको कार्यपालिका सदस्य मैनामती देबि दर्जीले यो तालिमबाट आफुले धेरै जानेको र अब कार्यपालिकामा आफुहरुले बिशेष पहल गर्ने बताए ।
अर्कि कार्यपालिका सदस्य रनिया थरुनिले संस्थाबाट आफू निकै खुषी भएको र अझ यस्ता तालिमका आगि आग्रह गरिन । मन्जु देबि महराले पहिले कार्यपालिकामा आफुले बोल्न नसक्ने थिए र अब तालिम लिएपछि आफ्नो समुदायको लागि धेरै गर्न बाकि रहेको महसुस गर्दै अब मुद्दा उठाउने बताईन ।
सो तालिममा मान्ड्विको कार्यक्रम लागू रहेको बाराका ६ पालिकाहरु महागढिमाई नगरपालिका ,कोल्बी नगरपालिका,निजगढ नगरपालिका,परवानिपुर गाउपालिका,प्रसौनी गाउपालिका र आदर्श कोत्वाल गाउपालिकाका कार्यपालिका महिला सदस्यहरुको सहभागिता रहेको मान्ड्विका बारा कार्यक्रम संयोजक राजु साहले जानकारी गराए ।

oplus_2


अस्ट्रेलियन एड र स्विस सरकार बिकास सहयोग एसडिसीको आर्थिक सहयोग तथा आइ एफ ई एस को प्राबिधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो । उक्त अवसरमा जिल्लाका गरि ३० जना सरोकारवालाको सहभागिता रहेको संस्थाका कार्यक्रम संयोजक राजु साहले जानकारी गराए ।
३ दिने तालिमको सहजीकरण प्रशिक्षक द्वय नेकमहमद हुसेन र पुनम ठाकुरले गरेका थिए ।

oplus_2

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर