नूर आलम बादशाह, बैशाख २६ गते बुधबार
बाराको पचरौता नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयले सो वडामा रहेका सात वटा क्लबलाई बुधबार खेलकुद सामग्री वितरण गरेको छ ।
चालु आर्थिक वर्षको लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडा कार्यालयले ७ वटा टिमका खेलाडीलाई खेलकुद सामग्री वितरण गरेको हो ।
वडा स्तरीय बजेटबाट शंकरपुर, बालधुसवा र कुड़वाका खेलाडीहरूलाई वडा कार्यालयले तीन लाख बराबरको क्रिकेट बैट, बॉल, स्टम्ब, जर्सी, ग्लभ्स, फुटबल लगायतका सामाग्री वितरण गरेको हो ।
यसैगरी श्री नेरामावि कुड़वाका छात्राहरलाई पनि बैडमिन्टन बितरण गरेको हो।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साहको प्रमुख आतिथ्यतामा भएको खेलकुद सामग्री वितरण कार्यक्रममा वडा अध्यक्ष गगन यादवले खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेका थिए ।
कुड़वा स्थित वडा कार्यालयमा आयोजना भएको खेल सामग्री वितरण कार्यक्रममा वडा समिति सदस्य, नेरा मावि कुड़वाका प्रअ सबिन्द्र सहनी, साथी बिकास केन्द्र संस्थाका अध्यक्ष भैया राम सहनी लगायत स्थानीय खिलाड़ीहरुको उपस्थिति रहेको थियो । 
ताजा समाचार
© 2025, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702







