साजिर मन्सूर
कलैया,बैशाख २९
नेपाल मुस्लिम सेवा समिती बाराले मुस्लिमहरुको पवित्र धार्मिक स्थल साउदिको मक्का मदिनामा हज गर्न जाने हाजिहरुको भब्य सम्मान स्वागत सहित बिदाई गरेको छ
बाराबाट यो बर्ष १३ जना मुस्लिम समुदायका ब्यक्तिहरु हज गर्न गैरहेको आयोजक ले जनाएको छ । हज गर्न जानेहरुलाई दोसल्ला सहित हजमा प्रयोग गरिने विशेष प्रकारको ड्रेस समेत उपलब्ध गराईएको छ ।
आयोजक संस्था नेपाल मुस्लिम सेवा समिती बाराका पुर्व अध्यक्ष हाजी महमद सगिरले नेपाल सरकारले गृहमन्त्रीको अदुरदर्शिताका कारण २ लाख पचास हजारमा हुने हज( मुस्लिम को धार्मिक यात्रा)को लागि हज समितिमा आफ्नो मान्छे भर्ती गरेर ४ लाख १५ हजार सम्म लिएर मुस्लिम धर्मावलम्बीमाथी ठूलो अन्याय गरिरहेको आरोप लगाएका छन । बारम्बार बाराका सिडिओ र एसपी मार्फत गुहार लगाउदा पनि सरकारले नसुनेको दुखेसो समाजसेवी सगिरले पोखेका छन ।
हाजी एक दिनमा हाजीलाई नपठाएर लेबर जाने जहाजमा पठाउने गर्नाले हाजिहरुलाई अपमान गर्ने गरिएको बताए । हजका लागि कति लाग्ने भन्ने अगाडी नै यकिन गरेर नभन्दा धेरै हाजी हज गर्न जान नपाएको गुनासो गरे । हज कमिटी को अध्यक्ष गृहमन्त्रीले नियुक्ति गर्दा मुस्लिम बाहुल्य जिल्लाको समुदाय बाट चयन नगरिदा धार्मिक ब्यक्ति बाट पैसा असुल्ने गरेको गुनासो गरे । हज कमिटीको कार्यकाल कम्तीमा ५ बर्षको हुनुपर्ने बताए । हज कमिटीले पारदर्शी रुपले अडिट गराउनुपर्ने बताए । हज कमिटीका अध्यक्षले १ करोड सरकारबाट लिएर हाजिहरुको सेवा सत्कार गर्न भनेर लिने तर त्यो खर्च नगर्ने गुनासो समेत सुनाए ।
हालका गृहमन्त्री रबि लामिछाने सङ्ग यी सबै समस्याको समाधानका लागि सारा नेपाली मुस्लिम समुदायले आशा गरेको र लामिछानेले नै यो समाधान गरेर मुस्लिम समुदायका लागि अद्वितीय काम गर्नेमा आफू बिश्वस्त रहेको बताएका छन ।
कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र प्रहरी उपरीक्षक महेन्द्र खड्काले उठेका गुनासो सम्बोधन गर्ने किसिमले गृह मन्त्रालयलाई आग्रह गर्ने प्रतिबद्धता जनाएका छन । कार्यक्रममा बाराका सबै सुरक्षा निकायका प्रमुख,विभिन्न संघ संगठनका प्रमुख लगायतकाले सुभकामना दिएका छन ।
बाराबाट यस बर्ष इसु महमद मिया,शेष अब्दुल्लाह,महमद बाबु खाँ,कबिरा नेसा,समीदन खातुन,जुबेर बलम,इद्रिस मीया अंसारी, मेमुल नेसा,बकसीस मिया,जाहाँ आरा,ईवराम वारिस अन्सारि,हाजि रहिम,लुकमान मिया अन्सारी,अनिसुर रहमान अंसारी साउदी अरेबियाको मक्कामा हज गर्न जादैछन ।
आयोजक संस्थाका अध्यक्ष अनवर अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम को संचालन मकसुद मिया अन्सारीले गरेका थिए । स्वागत अब्दुल रहमान रेयाजिले गरेका थिए ।
नेपाल मुस्लिम सेवा समिति बाराले आयोजना गरेको कार्यक्रम