वीरगंज – बाराको कलैयास्थित एभेरेष्ट बैंकको ताकेताका कारण एकजना ऋणीले आत्महत्या गरेको भन्दै राष्ट्रिय धर्म संस्कृति र नागरिक बचाउँ महाअभियानले उक्त बैंकमा तोडफोड गर्नुको साथै नाराबाजीसहित प्रदर्शन समेत गरेका छन ।

उक्त बैंकबाट ऋण लिएका बाराको बर्दिया निवासी खुशीराम चौधरीले बैंकले गरेको पटकपटकको ताकेता सहन नसकेर पासो लगाई आत्महत्या गरेको अभियानका बारा उपाध्यक्ष बलिराम पासवानले बताउनुभयो  । मृतक ऋणीलाई उचित न्यायसहित क्षतिपूर्तिको माग गर्दै प्रदर्शनमा सहभागी महिला एवम बैंनका ऋणीहरुले प्रदर्शन गर्नुको साथै ढुंगामुढा समेत प्रहार गरेका छन ।

अभियानका जिल्ला अध्यक्ष धिरज प्रसाद केशरीले मृतक ऋणीलाई उचित न्यायसहित क्षतिपूर्ति भएन भने देशभरका एभेरेष्ट बैंकको शाखामा तालाबन्दी गर्ने चेतावनी दिनुभयो । केशरी कै नेतृत्वमा गएका प्रदर्शनकारीले शाखा प्रमुखको पुतला जलाउन खोज्दा प्रहरीसंग झडप समेत भएको थियो ।

प्रहरीको हस्तक्षेपका कारण प्रदर्शनकारी शाखा प्रमुखको पुतला जलाउन सकेका थिएन्न तर ढुङ्गा प्रहारबाट बैंक अगाडिको सिसा फुटाएका बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट समयमै गएको प्रहरी टोलीले कुनै अप्रिय घटना हुन् नदिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

अध्यक्ष केशरी नेतृत्वको प्रदर्शनकारीले गरेको तोडफोडबाट बैंकलाई भौतिक क्षति पुगेको छ भने प्रदर्शनको नेतृत्व कर्ता केशरी फरार छन ।  प्रहरीले उनको खोजि गरिरहेको जनाएको छ ।

प्रदर्शनकारीले लघुवित्त संस्था खारिज गर , २० लाखसम्मको ऋण मिनाहा गर ,जग्गाजमिन, घरारी लिलाम गर्न पाईदैन,लिलाम गरेको जग्गा फिर्ता गर ,हाम्रो बचत फिर्ता गर, २० लाख देखिको रिणीलाई ७% ब्याज दर कायम गर,८% भन्दा बढी लिएको ब्याज फिर्ता गर लगायतका नारा लगाएका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर