युनिक यादव ,कलैया । जंगली हात्तीको आक्रमण बाट मृत्यु भएका रामदेव राउत कुर्मी को परिवार लाई कलैया उपमहानगरपालिका ले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
गत शुक्रबार असार १८ गते कलैया उपमहानगरपालिका वडा नम्बर २ अवधापुर बस्ने ४५ वर्षीय रामदेव राउत कुर्मीको जंगली हात्ती को आक्रमण बाट मृत्यु भएको थियो ।
आज बसेको कलैया उपमहानगरपालिका नगर कार्यपालिका को ७३ औ बैठक ले रामदेव को पत्नी अमिता कुर्मी लाई राहत स्वरुप ५० हजार दिने निर्णय गरेको नगर प्रमुख राजेश राय यादव ले जानकारी दिएका छन् ।