साजिर मन्सूर
कलैया,जेष्ठ १
सिमुलेशनमा आधारित मेन्टरसिप कार्यक्रम अध्ययनको नतिजा प्रस्तुतीकरण र कार्यक्रम स्केल अपको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रादेशिक अस्पताल कलैयाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखिकरणमा वन हर्ट वर्ल्ड वाईड बर्दिबास कलस्टरकी बरिस्ठ कार्यक्रम अधिकृत सन्दिपा लामाले नेपालमा संस्थागत सुरक्षित प्रसुती सेवाको उपयोग र दक्ष प्रसुतिकर्मीको उपस्थिति बढे पनि मातृ तथा नवशिशु मृत्युदरमा अपेक्षित न्यूनीकरण हासिल गर्न नसकेको बताईन ।
विभिन्न अध्ययनहरुले नेपालमा नर्सिङ कर्मचारीहरुको ज्ञान र सीपमा कमी (gaps) देखाएको र हालको प्रशिक्षणमा कमीहरु- जस्तैः ज्ञान, सीप, महत्वपुर्ण सोच र निर्णय गर्ने क्षमतामा कमी भएकाले यस प्रकारका कार्यक्रमले सहयोग पुग्ने बताईन । सिमुलेसन विधि प्रयोग गरि मेन्टरसिप कार्यक्रमले मेन्टीहरुलाई विभिन्न वास्तविक जीवन परिस्थितिजन्य अवस्थाहरु (real life scenarios) मार्फत उनीहरुको क्लिनिकल र निर्णय गर्ने सीपको विकास गर्न अवसर प्रदान गरि उनीहरुको क्षमता बढाउन सहयोग गर्ने गर्दछ। सिमुलेसनमा आधारित मेन्टरसिप कार्यक्रम (SBMP) मा नर्सिङ कर्मचारीहरुको ज्ञान र सीपमा भएको कमिहरु परिपूर्ति गर्न मेन्टर उत्पादन गरि निरन्तर रुपमा Low Dose High Frequency (LDHF) पद्धतिबाट मेन्टरसिप गरिन्छ उनले भनिन।
कार्यक्रम स्केल अप चारवटा जिल्लामा भएको सिमुलेसनमा आधारित मेन्टरसिप कार्यक्रमको नतिजा र सिकाईबाट अरु थप जिल्लामा रौतहट, बारा, महोत्तरी, रुकुम पश्चिम, सल्यान, दैलेख र कालिकोटमा नर्सिङ कर्मचारीहरुको ज्ञान, सीप, महत्वपुर्ण सोच र निर्णय गर्ने क्षमता विकास गर्ने उदेश्यले सो कार्यक्रम लागु गर्ने योजना रहेको वन हर्ट वर्ल्ड वाईल्डका बारा जिल्ला सम्योजक उपेन्द्र कुमार सिंहले बताए ।
मेन्टर मेन्टिहरुको सल्लाह सुझावहरुलाई कार्यक्रमको scale up योजनामा समेटिएको र कार्यक्रमले समेट्ने सेसनहरु निम्न रहेका छन्ः
पहिलो चरण :
Infection prevention practices, QIP, Preeclampsia and Eclampsia
Essential care for labor and childbirth
दोस्रो चरण:
Helping babies breathe and KMC
Bleeding after birth
बारामा तीन स्थान कलैया,निजगढ र सिमरामा हब राखिएको सिंहले जनाए ।
कलैया अन्तरगत बेनौली र कवही गोठ स्पोक सेन्टर त्यस्तै सिमराको नरही र बरियारपुर अनि निजगढको प्रसौना र खोपवा स्वास्थ्य चौकिमा स्पोक राखिएको बताए ।
सो सिमुलेशन ल्याब हब सेन्टर स्थापनामा जनजागरण युवा क्लबले ३ लाख १५ हजार बराबरको सिमुलेशन सम्बन्धि सामग्री हस्तान्तरण गरि ब्यवस्थापन गरेको जनजागरण युवा क्लबका कार्यकारी निर्देशक श्रीनिवास बैठाले जानकारी गराए । बैठाले शिशु जन्मदा आवस्यक पर्ने नर्शहरुको छमता अभिबृद्दिमा महत्वपुर्ण सहयोग पुग्ने उदेश्य रहेको बताए ।
जनजागरण युवा क्लबका अध्यक्ष भैयाराम यादवको अध्यक्षता तथा स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवको प्रमुख आतिथ्यमा भएको अभिमुखिकरणमा बिशिस्ट अतिथि प्रादेशिक अस्पताल कलैयाका मेसु डा. अजय कुमार गुप्ता,कलैया उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय कुमार जयस्वाल,महिला अधिकारकर्मी किशमती राम सहित मेन्टरहरुको उपस्थिति रहेको थियो ।
जनजागरण युवा क्लबको फिल्ड कार्यक्रम अधिकृत बिजय कुमार महतोले सन्चालन गरेको कार्यक्रममा स्वागत जनजागरण युवा क्लबका कार्यकारी निर्देशक श्रीनिवास बैठाले गरेका थिए ।







