कलैया– जिल्ला प्रहरी कार्यालय बाराले आफ्नो एकमहिने कार्य प्रगती विवरण सार्बजनिक गरेको छ । गत बैशाख १ गतेदेखि ३१गतेसम्ममा बिभिन्न स्थानबाट भन्सार छलीका ६ करोड ५६ हजार ४ सय ५३ रुपैयाँको सामान बारामद गरी वीरगंज भन्सार कार्यलय र राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा दाखिला गरेको बारा प्रहरीले जनाएको छ ।
प्रहरीले ५ लाख ७ हजार १८० रुपैयाँ बराबरको किराना सामानहरु , २ लाख २९ हजार ४९० रुपैयाँ बराबरको ३ वटा मोटरसाईकल र ७ वटा साईकल र ५ करोड ९३ लाख १९ हाजर ७८३ रुपैयाँ बराबरको अन्य मालसामान बरामद गरी भन्सार कार्यालय तथा राजस्व अनुसन्धान कार्यालयमा बुझाएको प्रहरी प्रवक्ता धधिराम न्यौपानेले जनाउनुभयो ।
प्रहरी प्रवक्ता न्यौपानेका अनुसार एकमहिनामा ७३ वटा मुद्दा दर्ता भएको र ५१ जना फरार प्रतिबादिलाई पक्राउ गरिएको छ ।
त्यसैगरी बैशाखमा मात्रै बारा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा ४६७ किलो ९ सय ग्राम , नाइँट्रोभेट ४६८० ट्याबलेट , डाइजेपाम १३१८ एम्पुल , नोर्फिम १३१८ एम्पुल , र फेनारगन १३१८ एम्पुल बरामद गर्नुको साथै त्यसमा संलग्न १० जनालाई पक्राउ गरी मुद्दा चलाईएको छ भने लागुऔषध सम्बन्धित ८ वटा अन्य मुद्दा दर्ता भएका छन ।
अदालतबाट बिभिन्न मुद्दामा कैद जरिवाना भई फरार रहेका ३४ जना प्रतिबादिलाई पक्राउ गरिएको र ५ बर्ष २ महिना २० दिन कैद भुक्तानको लागी कारागार चलान गरिएको छ । भने उनीहरुबाट ५ लाख ९४ हजार ७४७ रुपैयाँ जरिवाना तिराईएको न्यौपानेले जनाउनुभयो ।
ट्राफिक नियम उलंघन गरेको आरोमा एक महिनामा २ हजार ७ सय ५५ जनालाई प्रहरीले कारवाही गरी २६ लाख ५० लाख ५०० रुपैयाँ जरिवाना तिराएको छ ।
हराईको ६ वटा मोबाईल फेला पारि सम्बन्धित मानिसलाई बुझाईको र नागरिक सुनुवाई , अल्पसंख्यकसंगको २/२ वटा कार्यक्रम गरिएको न्यौपानेले जनाउनुभयो ।







