वीरगंज – जिल्ला प्रशासन कार्यालय बाराले कुनै साभा जुलुस , प्रदर्शन , बन्द हडताल वा बिरोधका कार्यक्रमबाट हुने क्षति आयोजकसंग भराउने चेतावनी दिएको छ ।
बिभिन्न सभा जुलुस , प्रदर्शन तथा बिरोधका कार्यबाट हुने क्षति रोक्न गृहमन्त्रालयले जारि गरेको सार्वजनिक प्रदर्शन , हडताल तथा बिरोधका कार्यक्रमबाट हुने क्षति मुल्यांकन सम्बन्धि कार्यविधि २०८१ को अनुसार कारवाही गरी क्षतिको भरपाई गराउने जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारि छविरमनण भट्टराईले जानाकरी दिनुभयो ।
संबिधान प्रदत अधिकारको प्रयोग गरी शान्तिपूर्ण रुपने आफ्ना कुरा राख्न या बिरोध जनाउन सकिने जिल्ला प्रशसन कार्यालय बाराले जनाउने आगामी दिनमा कुनै पनि प्रकारको जुलुश , बिरोध वा प्रदर्शन तथा बिरोध गर्दा गृहले जारि गरेको सुचना ख्यालमा राख्न आग्रह गरेको छ ।







