वीरगंज – आफ्नै छोराको घाटी थिची हत्या गरेको आरोमा आमालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौंकी २२ बर्षीय आमा आरती कुमारी रहेकी छन । घरमा कोहि नभएको बेला आरतिले गत २०८० कार्तिक १९ गते आफ्नै ५ महिनाको छिरालाई घाटी थिचेर हत्या गरी फरार भएकी थिईन । बारदात पछी उनि भारतको पूर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरिया ग्राम एकडर्वा टोलमा बस्दै आएकी थिईन ।
जिल्ला अदालत पर्साले आरातिलाई पक्राउ गरी कारवाही गर्न गत कार्तिक १९ गते नै पक्राउ पुर्जी जारि गरेको थियो तर उनि फरार रहेकीले प्रहरीले पक्राउ गर्न सकेको थिएँन । आरती अहिले वीरगंजमै रहेकी पर्सा प्रहरीलाई प्राप्त भएको बिशेष सुचनाको आधारमा खिजतलास गर्दै जादा वीरगंज महानगरको वडा नम्बर १३ बाट पक्राउ गरिएको पर्साक प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।
पक्राउ परेकी आरातिलाई पर्सा प्रहरीको हिरासतमा राखी कर्तव्य ज्यान सम्बन्धि कसुरमा अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक एवम सुचना अधिकारि थापाले जनाउनुभयो ।