हालै जसपाबाट फुटेर बनेको जसपा नेपालका उपमहासचिव एवम स्वास्थ्य तथा जनसंख्यामन्त्रि प्रदिप यादवले उपेन्द्र यादवको एकल निर्णय र तानाशाही प्रवृतिका कारण पार्टी विभाजित भएको आरोप लगाउनुभएको छ ।
शनिबार वीरगंजमा मन्त्रि प्रदिप यादवलाई स्वागत गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जसपालाई उपेन्द्र यादवले आफ्ना प्राईभेट लिमिटेड कम्पनि जस्तो बनाई राखेका कारण सक्रिय नेता कार्यकर्ता आजित भएर अलग भएको समेत आरोप लगाउनु भयो ।
उपेन्द्र यादवको गलत हस्तक्षेप , तानाशा प्रवृति , एकल निणर्य लगायतका कारण आफुहरु बिरोद्ध गरी पार्टीबाट निस्केको मन्त्रि यादवले बताउनुभयो । जसपाबाट विभाजन भएर बनेको आफ्नो पार्टी जसपा नेपाल कै पक्षमा सर्वोच्च अदालतले जेष्ट ८ गते फैसला गर्ने यादवले बिश्वाश व्यक्त गर्दै त्यपछि अन्य नेताहरु पनि आफ्ना पार्टीमा आउने दाबि गर्नुभयो ।
उपेन्द्र यादवको पार्टीमा चम्चाबेल्चाहरुको झुण्ड रहेको टिप्पणी गर्दे यादवले उपेन्द्रको पार्टीमा गुलामी गर्नेहरु मात्र टिक्न सक्ने बताउनुभयो ।







