वीरगंज महानगरपालिकामा प्रदेश सरकारबाट बजेट लयाउनको लागी मधेश सरकारको नेतृत्वलाई दिएको कमिसन जसपा बिभाजन पछी डुबेको मेयर राजेशमान सिंहले दाबि गर्नुभएको छ । व्यक्तिको नाउँ नखुलाई मेयर सिंहले बजेट पाउने आशामा मधेश सरकारका नेतृत्वलाई मोटो रकम कमिसन दिएको खुलासा गर्नुभएको हो ।

उहाँले बिगतमा पनि प्रदेश सरकारबाट महानगरमा बजेट ल्याउन कमिसन दिएको उल्लेख गर्दै यसपाली मोटो कमिसन दिएको तर जसपा बिभाजन भएपछी डुबेको बताउनुभएको हो ।

हालै जसपा बिभाजन पछी नवगठित जसपाको अगुवा कार्यकर्ता भेलालाई वीरगंजमा सम्बोधन गर्दै मेयर सिंहले जसपा नेपाल विभाजन भएपछि आफूले केही महिनाअघि बुझाएको कमिसन रकम डुबेको बताउनुभएको हो । सिंहले जसपा नेपालको नेतृत्वको मधेश प्रदेश सरकारले कमिसन लिए पनि मूल पार्टी छाडेकै कारण बजेट नदिएको आरोप लगाउनुभयो ।

केहि साताअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको छ । मेयर सिंह नवगठित पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । आफु अशोक राईतर्फ लागेकोले उपेन्द्र यादव पक्षको मधेश सरकार नेतृत्वले आफु बजेटको लागी कमिसन दिएपनि बजेट नदिएको गुनासो गर्न खोज्न बुझ्नु भएको राजनीतिका जानकारहरुको बुझाई छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार