वीरगंज –  डेढ बर्षमा प्रधानमन्त्री पुष्प कमल दाहाल ४ चोटी बिश्वासको मत प्रतिनिधि सभा सदस्यबाट पाउनुभएको छ ।

२०८९ साल पुष १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको प्रधानमन्त्री प्रचण्ड सत्ता परिवर्तनले यसघि ३ चोटी बिश्वासको पाईसक्नु भएको छ । आज फेरी उपेन्द्र यादव नेतृत्वको जसपाले पीएम प्रचण्डको साथ छोडेपछि उहाले प्रतिनिधि सभाबाट बिश्वासको लिनुभएको हो ।

आजको मतदानमा एक सय ५८ जना सांसद सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डले एक सय ५७ मत पाउनुभएको छ । विपक्षमा कुनै मत परेन । मत दिन्न भन्ने पक्षमा जम्मा एक मत परेको छ ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), रास्वपा, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र तीन जना स्वतन्त्र सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् ।

नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलले मतदानमा नै भाग लिएनन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर