साजिर मन्सूर ,कलैया । कुनै पनि भौतिक संरचना नभएको सुवर्ण गाउपालिमा सबै खालका भौतिक संरचना सम्पन्न गराउन लागिपरेको यस अनलाइन संगको बिशेष कुराकानी गर्दै गाउपालिका अध्यक्ष महेन्द्र प्रसाद यादबले यस्तो बताएका छन ।

उनले आफ्नो गाउपालिकाको अन्य वडा र गाउटोलमा त कुरै छोडौ गाउपालिकाको कार्यालय रहेको मुख्य बजार चौक वडा नम्बर २ कवही गोठमा समेत कुनै प्रकारको बिकास र संरचना नभएको तितो अनुभव गाउपालिका बासी सङ्ग रहेको बेला आफुले गाउपालिका बाट सो स्थानमा रहेको पुरानो श्री नेरा मा बिको नया भवन ११ कट्ठाको जग्गामा २४ कोठाको करिब २ करोड को लगानीमा तयार गराइरहेको बताएका छन ।

यादबले सो बिधालयमा प्राबिधिक धार तर्फ पनि कम्प्युटर शिक्षा अध्यापन शुरु गरिएको र सो कालागी समेत गाउपालिकाले आवश्यक सहयोग गरेको बताएका छन ।

यो सङ्गै अध्यक्ष यादबले गाउपालिकामा जनताको काम सहज र छिटो होस भनेर गाउपालिका भवन निर्माण,सुत्केरी महिलाहरुको सहजताका लागि बर्थिङ्ग सेन्टर निर्माण, सुवर्ण बासिका लागि ब्यवस्थित बजारका लागी सेड निर्माण कार्य,सबै वडामा सहज सेवा प्रवाहका लागि ८ मध्ये ७ वटा वडामा नया वडा कार्यालय भवन निर्माण,बिवाह मण्डप भवन निर्माण ,सदरमुकाम सङ्ग गाउपालिका लाई जोड्ने बाटो बनाउन लगायतका महत्वपुर्ण कार्य गरेको बताएका छन ।

उनले आफुले बोल्ने भन्दा बढि काम गर्नुपर्ने र जनताको चाहनालाई प्राथमिकता दिनुपर्ने बिचारलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताएका छन । यादबले गाउपालिकाका सबै जनप्रतिनिधि जनता रास्ट्रसेवक कर्मचारीको सहयोग र साथले सुवर्ण गाउपालिकालाई नमुना बनाउन लागिपरेको बताएका छन ।

कमसल र गुणस्तरहीन काम त भएको छैन भन्ने प्रश्नमा यादबले आफैले पालिकाको सकेसम्म सबै कामको प्रत्यक्ष निगरानीमा काम गराउने चाहना अनुसार काम गराईरहेकोले त्यस्तो कतै पनि नभएको दाबी गरे ।

यता गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत नवीन कुमार श्रीवास्तबले पालिकाको सबै कर्मचारी गाउ सभाबाट पारित नीति तथा कार्यक्रम पुर्ण सफल र सम्पन्न गराउन दिनरात एक गरेर लागि पर्ने गरेको ठोकुवा गरे ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर