कांग्रेसको अवरोधकै बीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले वाचन गर्नुभएको नीति तथा कार्यक्रम संसदमा टेबल गर्नुभयो ।
त्यसपछि सभामुखले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश गरेपछि बहुमतको आधारमा धन्यवादको प्रस्ताव पारित भएको छ ।
आजको बैठकको शुरुमै आफ्ना भनाइ राख्दै नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले लाखौँ सहकारी पीडितलाई न्याय दिने कर्तव्यबाट आफूहरू नभाग्ने बताउनुभयो ।
उहाँले बचतकर्ताको रकम फिर्ता नभएसम्म आन्दोलन नरोकिने पनि बताउनुभयो ।
विभिन्न सहकारीबाट गृहमन्त्री लामिछानेले रकम लिएको पुष्टि भएको जिकिर गर्दै पाण्डेले संसदीय छानबिन समितिको मागबाट कुनै पनि हालतमा पछि नहट्ने बताउनुभयो ।







