साजिर मन्सूर
कलैया,जेष्ठ ८
शैक्षिक गुणस्तरीयाताको विकासको चुनौतीहरू बिषयमा एन प्याब्सन बाराद्वारा १ दिने अन्तरक्रिया सम्पन्न भएको छ । कलैया स्थित एन प्याब्सन बाराको सभा हलमा अन्तरक्रिया सम्पन्न भएको छ ।
नेसनल प्याब्सन बाराको आयोजनामा शैक्षिक गुणस्तरीयाताको विकास गर्नु पर्ने चुनौतीहरूको बारेमा १ दिने अन्तरक्रिया कार्यक्रम सम्मपन गरिएको एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल प्रसाद कुश्वाहाले जानकारी गराए ।
अन्तरक्रिया कार्यक्रमको नेतृत्व नेसनल प्याब्सन नेपाल पूर्व केन्द्रिय अध्यक्ष एवम् सल्लाहकार कर्ण बहादुर साहिले गरेका थिए ।
अध्यक्ष कुश्वाहाले बाराको शैक्षिक गुणस्तर सुधारका लागि आवस्यक पहल कदमीका लागि आफू हरेक सम्भव योगदान दिन आतुर रहेको बताएका छन ।
अन्तरक्रिया कार्यक्रममा बारा भरिका निजि बिधालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।







