कलैया – बाराको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले चुनावी प्रतिबद्धता अनुसार आफ्ना नगरका सबै कृषि मिटरको १० रुपैयाँ बिद्युत महसुल भुक्तानी गर्नुभएको छ ।
दोस्रो पटक स्थानीय तहको निर्वाचनमा होमी रहदा आफु जिते किसानलाई कृषि मिटर जडान गरी त्यसको महसुल नगरपालिकाले तिरी दिने भनेर प्रतिबद्धता गर्नुभएको थियो ।
त्यसै प्रतिबद्धताका अनुसार महागढीमाई नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्मका कृषि मिटरको रिडिंग गराई नेपाल बिधुत प्राधिकरणको बितरण केन्द्र कलैयामा १० रुपैयाँ महसुल भुक्तानी गर्नुभएको मेयर यादवले बताउनुयो ।
कृषि मिटरको बिद्युत महसुल भुक्तानी गरिदिदा त्यस नगरका कृषक संगै सिंगे नगरबासी खुसि व्यक्त गरिरहेका छन । कृषिमा क्रान्ति ल्याउने र आधुनीक प्रबिधिसंग कृषि कर्मलाई जोडी आधुनिकरण गर्ने आफ्नो लक्ष्य रहेको मेयर उपेन्द्र यादवले बताउदै छिटै त्यस बिषयमा कार्य अगाडी बढाउने बताउनुभयो ।
कलैया बारा – प्रियंका दास







