कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको जनता समाजबादी पार्टी नेपालले जनाएको छ  ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले आज एउटा प्रेस विज्ञप्ति जारी गर्दै सिरोहिया पक्राउ परेको घटना प्रति आफ्ना गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

लोकतन्त्रको पक्षमा लामो समयदेखि संघर्ष गरेको कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रा तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार भएको भन्ने जसपा नेपालले ठहर गरेको छ । जसपा नेपालका अनुसार नीतिगत भ्रष्टचारबिरुफ्फ्ह निष्पक्ष समाचार प्रकाशित गरेकै कारण पक्राउ गर्नु दुर्भाग्यपूर्ण रहेको छ ।

राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोकी सिरोहियालाई तत्काल रिहाई गर्नुपर्ने जसपाले भनेको छ । जसपा नेपालले आगामी दिनमा यस्ता पूर्वाग्रहीपूर्ण घटना नदोहर्याउन सरकारलाई सचेत गराएको छ ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार