कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विरोधमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन भएको छ ।

सिरहाको मिर्चैयास्थित कटारी चोकमा चक्काजाम गर्दै नागरिक समाज, मिर्चैयाले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको हो ।

सरकारको कदमलाई अलोकतान्त्रिक भन्दै उनीहरुले बिहान ९ बजेदेखि १० बजेसम्म चक्काजाम गर्दै प्रदर्शन गरेका थिए  ।

अध्यक्ष सिरोहियाको पक्राउलाई उनीहरुले प्रतिशोधपूर्ण र मिडियामाथि अंकुश लगाउने दुष्प्रयास भनेका छन् ।

कान्तिपुर लोकतन्त्रको खम्बा भएको भन्दै कान्तिपुरको पक्षमा देश उभिएको उनीहरूले बताका छन ।

अध्यक्ष सिरोहियालाई तत्काल रिहा गर्न, प्रधानमन्त्री र गृहमन्त्रीलाई राजीनामा दिन, सहकारी ठगी प्रकरण, गृहमन्त्रीको दोहोरो पासपोर्ट प्रकरणको छानबिन गर्न उनीहरुले माग गर्नुभयो ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर