कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हुलहुज्जत र हतियारसहित कार्यकक्षबाटै पक्राउ गरिएको घटनाप्रति नेपालका स्वतन्त्र रेडियो प्रसारकहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
आज बुधबार सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का अध्यक्ष अर्जुन गिरि , ब्रोडकास्टिंग एसोसिएन ओफ नेपाल ( बान ) का अध्यक्ष कुमार भट्टराई र रडियो ब्रोडकास्टिंग फोरम नेपालका (आरबीएफ) का अध्यक्ष आरके श्रेष्ठले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारि गर्दै सिरोहिया पक्राउ परेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
सिरोहियाले आफूमाथि लागेको नागरिकता सम्बन्धि आरोपको छानविन गर्न कानुनलाई सघाउने बताईरहेको हुदा पनि कार्यकक्षबाटै पक्राउ गर्नु कुनै कोणबाट सामान्य नभएको तीनै जनाले ठहर गर्नुभएको छ ।
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु समग्र प्रेस माथि दमनको संदेश प्रवाह हुनुको साथै सन्त्रासको बातावरण समेत सिर्जना गराएको उहाँहरुले ठहर गर्नुभएको छ ।
समग्र सञ्चार क्षेत्रलाई निर्भिक र स्वतन्त्र रुपमा आफ्नो काम गर्न दिनुपर्नेमा उहाँहरुको जोड छ । सिरोहिया पक्राउ प्रकरण प्रति उहाहरुले बिरोध जनाउदै लोकतान्त्रिक मूल्यमान्यतालाई कायम राख्न सरकारलाई सचेत गराउनुभएको छ ।








