कलैया – बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० मा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने अबैद्ध भट्टी  नष्ट गरेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकरी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको संयुक्त प्रहरीको टोलीले बिशेष सुचनाको आधारमा उक्त मदिरा उत्पादन गर्ने अबैध भट्टी नष्ट गरेको न्यौपानेले जानकारी दिनुभयो ।

प्रवक्ता न्यौपानेका अनुसार मदिरा बनाउने कच्चा पदार्थ १२ सय लिटर ७ लाख २० हजार बराबर र तयारी मदिरा ४ हजार लिटर ४ लाख बराबरको नष्ट गरिएको छ ।

यसैगरी मदिरा उत्पादन गर्न प्रयोग गर्ने ड्रम ३५ थान , मेसिन ११ थान र ताउलो ६ थान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कलैया , बारा – प्रियंका दास 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर