नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी।१’ र ‘केपी।२’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी।१ र केपी।२’ पुष्टि भएको हो ।

केपी।१ र केपी।२’ ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट हो। हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ । ४० प्रतिशतको हाराहारीमा पुष्टि हुनुले उक्त भाइरस समुदाय स्तरमा फैलिरहेको प्रयोगशालाका एक उच्च अधिकारीले बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन अन्य भेरियन्टभन्दा केपी।२ छिटो फैलिएको पाइएको बताउँछन् । ‘केही महिना अगाडी युरोपेली देशमा संक्रमण बढ्नुमा ‘केपी।२’ रहेको पाइएको छ,’ डा। पुनले भने, ‘ नेपालमा पनि पुष्टि भएसँगै संक्रमण बढाउनसक्ने आंकलन गर्न सकिन्छ ।’

उनका अनुसार ‘केपी।१’ र ‘केपी।२’ ले कारण मानिस कति जोखिममा पर्छन् भन्ने पत्ता लागिसकेको छैन । सामान्यतः कोरोनाभाइरसले आफ्नो स्वरुप विकास गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स–साना म्युटेसन पनि हुने गर्दछ । म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरूप विकास हुन्छ, जसलाई हामी नयाँ भेरियन्टको उत्पत्ति भएको मान्छौं ।

अहिलेसम्मको अवस्थालाई मध्यनजर गर्दा कठिन अवस्था आउने जस्तो नदेखिएको भन्दै उनले भोली दिनमा कस्तो अवस्था ल्याउने अहिले यकिन गर्न नसिकने उनले बताए । कोरानाले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले कस्तो अवस्था ल्याउँछ भन्न नसकिने डा। पुनको भनाइ छ ।

‘केही महिनाअगाडि मात्रै टेकुमा संक्रमित भर्ना हुने संख्या केही बढेको थियो । केपी।१ वा केपी २ ले पनि ल्याएको हुनुपर्छ । त्यतिबेला जिन सिक्वेन्सिङ नभएकाले कारण पत्ता लाग्न सकेन,’ डा। पुनले भने, ‘ अहिले नै कति समस्या ल्याउँछ भन्ने कुरा यकीन गर्न सकिँदैन । पुनः संक्रमण गराउन सक्ने अन्य देशको तथ्यांकले स्पष्ट देखाउला ।’

विज्ञका अनुसार अन्य देशमा फैलिरहेको अवस्थालाई हेर्दा कोरोनाको लक्षण खासै अन्य भेरियन्टको तुलनामा फरक छैन । नाकबाट पसिना आउने, घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, कमजोरीपन जस्ता पुरानै लक्षण देखिएको छ ।

-अनलाईन खबर

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर