जिल्ला सरकारी वकिलको कार्यालयमा बयानपछि अध्यक्ष सिरोहियालाई पुनः म्याद थपका लागि अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताउनुभयो । वकिलको कार्यालयले पाँच दिन म्याद थपको सिफारिस गरेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष सिरोहियाको पक्षमा वकालत गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा, मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सीताराम भट्टराई, शेरबहादुर केसी, रमण श्रेष्ठ, गोविन्द बन्दी, रमण कर्ण जिल्ला अदालतमा उपस्थित भएका छन् ।

उहाँलाई यसअघि बुधबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले अनुसन्धानका लागि तीन दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियो ।

सिरोहियालाई मङ्गलबार काठमाडौँको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी बुधबार धनुषा ल्याइएको थियो ।

यता जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहसहितका स्थानीयले अध्यक्ष सिरोहियालाई साधारण तारेख छोड्नुपर्ने माग गर्दै अदालत अगाडि धर्नामा बसेर प्रदर्शन गरेका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर