कलैया – सरकारले सञ्चालन गर्न लागेको आई.पी.भी/एफ.आई.पी.भी खोप अभियान बारे बाराको परवानीपुर गाउँपालिका अभिमुखीकरण गोष्टि सम्पन्न भएको छ ।
परवानीपुर गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा पालिकाका कर्मचारीलाई अभिमुखीकरण दिईएको अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले जानकरी दिनुभयो ।
कार्यक्रममा सहभागीलाई आई.पी. भी / एफ.आई.पी.भी खोपको महत्व , यसको फैदा , यसले कसरी बालबालिकालाई सुरक्षित राख्छ यसबारे जानकरी दिएको थियो ।
सकरार देशभरी नै १३ जेष्ट १३ गतेदेखि २६ गतेसम्म यो खोप सञ्चालन गर्ने मिति निर्धान गरेकोले स्थानीय तहले पनि पूर्व तयारीमा लागेको पालिका अध्यक्ष कुर्मीले बताउनुभयो ।
सरकारले तय गरेको मितिमै खोप सञ्चालन गरिने तर समय पालिकाको बिद्यालयसंग समन्वय गरी मिलाउने उहाले जानकारी दिनुभयो ।
कलैया , बारा – प्रियंका दास







