कलैया – सहकारीको बचतकर्ता ठगि प्रकरणमा आरोप लागेका उपप्रधानमन्त्रि एवं गृहमन्त्री रवि लामिछानेलाई कारवाहीको माग गर्दै नेपाली काँग्रे आजदेखि सडक संघर्षमा उत्रेको छ ।
कांग्रेसका बिभिन्न भातृ संगठनहरुले आज आईतवारबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने विरुद्ध नाराबाजी गर्दै सडक सघर्षमा उत्रेको हो ।
सडक संघर्षमा उत्रेका कांग्रेस नेताकार्यकर्ताहरु सहकारी पिडितलाई न्याय देउ , संसदीय छानविन समिति बनाउ , मन्त्रि लामिछानेलाई कारवाही गर लगायतका नारा लगाएका थिए ।
कलैया , बारा – प्रियंका दास







