कलैया – तराई मधेशमा अझै केहिदिन गर्मि बढ्न सक्ने भएकोले आवश्यत सतर्कता अपनाउन मौसम पूर्वानुमान महासहाखाले अनुरोद्ध गरेको छ ।
महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन प्रकाशन गर्दै आगामी अझै केहि दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।
फेरी केहिदेखि मधेश प्रदेशको सबै जिल्लमा ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम पुरी रहेकाले याहाजनजीवन अति नै कष्टकर भएको छ । गर्मीसंगै खाने पानीको मुहान सुक्दा पिउने पानीको समेत अभावबाट तराईबासि जुध्दै छन ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माङ्सपेशीहरू दुख्ने, बान्ता हुनेलगायत समस्या आउने भन्दै सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिड्ने, हल्का तथा सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, पानीका साथै झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरिएको छ ।
कलैया , बारा – प्रियंका दास







