जिल्ला प्रहरी कार्यालय सप्तरीले अबैद्ध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीकै सुरुङगा नगरपालिका- ६ श्रीपुर बस्ने ४५ वर्षीय विशेश्वरप्रसाद साह र धादिङको रुवी भ्याली गाउँपालिका- ५ बस्ने ४२ वर्षीय बिच्चबहादुर तामाङ रहेको सप्तरी प्रहरीले नाएको छ ।
दुवै जनालाई ७.६५ एमएम लेखिएको पेस्तोल १ थान, खाली म्याग्जिन १ थान, केएफ ७.६५ लेखिएको राउण्ड गोली २ थान, गिफ्ट इन्डष्ट्रिज स्पोर्टस एयर गन कोलकाता लेखिएको एयरगन १ थान, मोबाइल, नेपाली सिम र भारतीय सिमसहित पक्राउ गरिएको सप्तरीका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले जनाउनुभयो ।
प्रहरी प्रवक्ताका अनुसार गत शुक्रबार राति इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले खडक नगरपालिका ८ भदियामा आकस्मीक चेक जाँच गर्ने क्रममा बोदेबर्साईनबाट बिसनपुर तर्फ आउदै गरेको स ६ प ५९०८ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा हतियारसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उपर जिल्ला अदालत सप्तरीबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिनुभएको हो ।
बारा , कलैया -प्रियंका दास







