कलैया – दुई सातादेखि तराई मधेशमा बढ्दै गएको उखरमाउलो गर्मीलाई मध्यनजर गरी बाराको जितपुरसिमरा उपमहानगरपालिकाले ३ दिनसम्म सबै विधालयमा विदा दिने भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिकाले आज मंगलबार एउटा सुचना जारी गर्दै जेष्ट १६ गतेदेखि १८ गते शुक्रबारसम्म नगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा विदा दिने निर्णय भएको जनाएको छ ।
भोलि मंगलबार १५ गते गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा परेकोले बुधबारदेखि शुक्रबारसम्म विदाको निर्णय गरिएको हुनसक्ने आकलन गर्नसकिन्छ ।
अब यो नगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय आईतबारबाट खुल्ने देखिन्छ । यसगरी उता पर्साको वीरगंज महानगरले पनि ३ दिन विदाको निर्णय गरिसकेको छ ।

-कलैया , बारा – प्रियंका दास







