कलैया- तराई मधेशमा दुई सातादेखि बढेको गर्मीका कारण बाराको कलैया उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालय भोलिदेखि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको छ ।

उखरमाउलो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको प्रतिकुल असर प्रति कलैया उपमहानगरपालिकाको ध्यानाकर्षण भएको शिक्षा शाखा प्रमुख प्रहलाद प्रसाद वर्णवालले बताउनुभयो ।

उहाका अनुसार आईतबार बिद्यालय खुल्ने तर अर्को सुचना जारि नभएसम्म सबै विद्यालयमा बिहानी कक्षा बिहान ६:३० बजेदेखि बिहान ९:३० बजेसम्म सञ्चालन हुने उहाले बताउनुभयो ।

-कलैया बारा – प्रियंका दास 

कलैया उपमहानगरपालिकाले जारि गरेको सुचना :-

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर