कलैया – बाराको महागढीमाई नगरपालिकामा आईटी कलेज खोल्ने निर्णय भएको छ । राजषी जनक विश्व बिधालयको आंगिक कलेजको रुपमा गढीमाई नगरपालिकामा आईटी कलेज स्थापना गरी स्नातक तहसम्मको पठनपाठन हुने मेयर यादवले बताउनुभयो ।

राजषी कलेजका कुलपति प्राध्यापक डा. अमर प्रसाद यादव , सह प्राध्यापक सत्यनारायण साह लगायतको टोलीको उपस्तिथिमा भएको छलफलले महागढीमाई नगरपालिकाको शिक्षा क्षेत्रमा ठुलो भूमिका खेल्ने मेयर उपेन्द्र यादवले विश्वास व्यक्त गर्नुभयो  ।

मेयर यादवले आउदो शैक्षिक सत्र २०८२ बाट महागढीमाई बहुमुखी कलेजमा आईटीको पढाई सुरु हुने र पछी निर्माण भएपछी आईटी कलेजमा सर्ने बताउनुभयो ।

यो निर्णयले महागढीमाई नगरपालिका सहित सम्पूर्ण बाराका विद्यार्थीहरुको लागी आशाजन भविष्यको सङ्केत गरेको र  सुचना प्रविधिको उच्च शिक्षा , सिप विकासको अवसर विद्यार्थीहरुलाई प्रदान गर्ने मेयर यादवले बताउनुभयो ।

उहाले शैक्षिक सत्रको सुरु संगै आईटी सम्बन्धि पढाई महागढीमाई बहुमुखी कलेजमा र पछी पूर्वाधारकोको विकास सम्पन्न हुदा आईटी कलेजमा सर्ने बताउनुभयो ।

यो पढाइले विद्यार्थीहरुको बैद्धिक , प्राविधिक विकासमा योगदान पुग्ने आपेक्षा गरिएको उहाँले बताउनुभयो ।

कलैया , बारा -प्रियंका दास

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर