बिश्वास सम्बादाता

कोल्बी,जेष्ठ १५

 

समाज सेवाको बिषयमा एकदमै ईच्छुक रहेकी म २०७० साल देखी नै राजनैतिक यात्रामा लागि परे । २०७४ को स्थानिय चुनाव पछि टोल बिकास समितीको कोषाध्यक्ष भई खुला दिसामुक्त क्षेत्रमा योग्दान गरे वापत प्रसंसा पत्र हासिल गरे । समुदाय स्तरको विभिन्न किसिमका झै झगडाहरुलाई समाधान गर्दै समाज सेवाको लागि प्रति दिन ४ घण्टा समय दिन थाले । २०७४ को स्थानिय चुनाव मा नेपाल कमनिस्ट पार्टी एमाले को विभन्न बैठक भेलाहरुमा सहभागी हुन थाले । त्यसपछि पार्टी भित्र मेरो सक्रिय सहभागिताका कारण मैले वडा कमिटी सदस्यमा आवद्धता पाए । समुदाय स्तरमा रहेका स सानो समस्याहरुलाई समाधान गर्दै पार्टी भित्रको सक्रिय सहभागिताका कारण २०७९ को स्थानिय चुनावको लागि महिला वडा सदस्यको लागि टिकट पाए । २०७९ को चुनावमा सहभागी भई निर्वाचित पश्चात सामुदय स्तरमा कसरी कार्यहरु गर्न भन्ने बारेमा अन्यौलमा थिए । त्यसैबेला निर्वाचित पश्चात माण्डवी संस्था द्धारा संचालित शि लिडस कार्यक्रममा सहभागी हुने मौका पाए । अस्टे«लियन एड र स्वीस सरकार बिकास सहयोग को आर्थिक सहयोग र आई एफ ई एस नेपालको प्राविधिक सहयोग र माण्डवी को आयोजनामा संचालित विभिन्न प्रकारका मोडुलर तालिममहरुमा सहभागीता मेलै आफनो क्षमता अभिृबृद्धी गरे । तालिम सिकेका बिभिन्न प्रकारका बिषय बस्तुले मलाई अगाडी बढन धेरै नै मदत गय्रो । समुदायस्तरमा रहेका समस्याहरुलाई पहिचान देखी त्यसको समानधानको लागि सरोकारवालाहरुसँग आवश्यक समन्वय गर्न थाले । वडा स्तरको योजनाहरुमा सहभागी भई बिकासे कृयाकलापहरुमा सहभागी भई वडा कार्यलय र वडा स्तरका जनताहरुलाई सेवा गर्न थाले । २ चौटी कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी पनि वहन गरे । जिल्ला स्तरमा नेपाल कमनिस्ट पार्टी एमालेको भातृ संगठन अखिल महिला सँघको २०८० सालमा जिल्ला सस्यको रुपमा आवद्धता भए ।

माण्डवी संस्थाद्धारा गरिएको क्षमता अभिृबृद्धिको प्रभाले गर्दा नै मधेश प्रदेश रौतहट जिल्लाको वडा ५ दुधिअवा टोलमा बस्ने अन्दाजी बर्ष ४२ को निर्मला भुजेल र कोशी प्रदेश जिल्ला झापा कन्काई नगरपालिका ७ मा वस्ने दिवेश्वर कार्की माया गरेर एक आपसमा बिहे गरे । रोजगारीको खोजीमा दिवेश्वर रौतहटमा आई पुगेका थिए । त्यसै सन्र्दमा निर्मला सँग चिनजान भई समबन्ध अगाडी बढेको थियो । निर्मलाका एउटा सन्तान १३ महिनाको र अर्काे २ महिनाको  गर्भमा रहेका सन्तान माईतीघर रौतहट मा छोडी दिवेश्वर फरार भए । निर्मला आफनो आमा सँग श्रीमानको घर कन्काई नगरपालिका पुगिन र त्यहा श्रीमान सँग भेट नहुँदा एकदम बिचली भईन । निर्मलाको सासु ससुरा पनि निर्मलालाई बुहारी र सन्तानहरुलाई नातीको रुपमा स्विकार गरिन । निर्मला आफनो माईती घर फर्किन । बच्चाहरु पढने उमेर पुगेपछि आफु पढेको स्कुलको शिक्षकहरुलाई गुहार गरेर बिना जन्मदर्ता बुवाको नामबाट बच्चाहरुलाई स्कुलमा भर्ना गराईन । आफनो जिविका पार्जन, बच्चाहरुको पालन पोषण र शिक्षाको को निजगढको रेन्जपोष्टमा खाना पकाउने काम गर्न थालिन ।

लगभग १५ बर्ष बितिसक्दा दुईटै छोराहरु ठुलो भई कलैज पढने उमेरका भए । विना जन्मदर्ता र नागरिताको कारण शिक्षा तथा सरकारी सेवा सुबिधा बट बन्चित भएका निर्मलाको छोराहरुले तनावमा परी आमा सँग आफना अधिकारहरुको बारेमा कुरा गरे । आफु सँग एउटै स्कुलमा पढेकी कोल्हबी नगरपालिका वडा नं. २ का सलमा भुजेल वडामा महिला सदस्यमा निर्वाचित भएको कुरा उनी जानकारी पाईन । साथै सलामा भुजेल समाजिक संजालहरुमार्फत समुदायको समस्याहरुलाई समाधन गरेकी सुचनाहरु पनि निर्मलाले जानकारी पाए पछि उनले सलमा भुजेल सँग आफनो सबै समस्याहरु खुलेर रुदै प्रस्तुत गरिन ।

त्यसपछि कोल्हबी नगरपालिका वडा नं. २ बाट महिला सदस्यमा निर्वाचित महिला सदस्यल सलमा भुजेलले निर्मलालाई सँग कोशी प्रदेशको जिल्ला झापाको  कन्काई नगरपालिका वडा नं. ७ को दुर्गापुरमा दिवेशवर कार्कीमा गाउमा पुगिन । इलाका प्रहरी कार्यलय र कन्काई नगरपालिकाका नगर प्रमुख सँग सबै कुराको साझा गरी यसको समाधानको लागि भोली वडा कार्यालयमा भेला राख्ने निर्णय गरियो । त्यसपछि भेलाको दिन वडा नं. ७ का निर्वाचित जनप्रतिनिधीहरु, वडा वासी, र दिपेशवर कार्की लाई बैठक बोलाईयो । बैठकको दिन छलफल अनसार दिपेश्वर कार्कीले निर्मलालाई छोडेर आएपछि अर्काे विवाह गरेको उसको विवाह दर्ता पनि बनाईसकेको स्विकार गरे । त्यसपछि छलफलको क्रममा त्यस समुदायको जनताहरु, स्थानिय सरकार र सरोकारवालाहरुको सहयोगले कान्छी श्रीमती विवाह दर्ता रद्ध गरे जेठी श्रीमती निर्मलाको बिवाह दर्ता र कान्छो छोराको जन्मदार्ता र जेठो छोराको नागरिता दिलाउन सलमा भुजेल सफल भईन । अहिले पिडित पक्ष निर्मला भुजेल सन्धिबिच्छेद नगरी आफनै स्वम ईच्छा राजिले आफनो छोराहरुसँग निजगढमा बसिरहेकी छिन । आफनो समुदाय लगायत अन्य समुदायको ब्यतिmहरुले आग्रह गरेको अनुसार सलमा भुजेलले विभिन्न सरोकारवालहरुको सहयोग र समन्वयमा समस्याहरुलाई समाधान गर्ने र पैरवी गर्दै अगाडी बढिरहेकी उनले वताईन ।

 

सलमा कुमारी भुजेल

कोल्हबी नगरपालिका वडा नंं.२

निर्वाचित महिला वडा सदस्य

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर