मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेस मधेश प्रदेशको संसदीय दलको बैठकले जसपाका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
भोलि संसदमा विश्वासको मत लिन लागेको मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएर कांग्रेस जसपा नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको हो । माओवादी र एमाले बाहिरिएपछि पाँचौ पटक लिन लागिएको विश्वासको मतमा मुख्यमन्त्री यादवको पक्षमा निर्णय कांग्रेसले गरेको छ ।
मधेश प्रदेश सभामा कांग्रेसका २२ जना प्रदेश सांसद छन् । जसपासंग कग्रेस उभिएपछि यो दलका सांसदहरुको संख्या ४१ पुगेको छ । सरकार निर्माणका लागि ५४ सांसदको समर्थन आवश्यक छ । एमाले र माओवादी सरकारबाट समर्थन फिर्ता लिएपछि त्यसको २५ औं दिनमा मुख्यमन्त्री यादवले सदनबाट विश्वासको मत लिन लाग्नुभएको हो ।







