कलैया ।नेपाली काँग्रेस बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिले वडामा नयाँ सदस्यता थप्न र पुरानोको नवीकरण गर्न फारम नदिएको भन्दै पार्टी लाई हुकुमी शैलीमा चलाउन खोजेको बुथ सभापतिहरु ले आरोप लगाएका छन् ।

जिल्ला को क्षेत्र नम्बर २ का १३ वडाका वडा सभापतिहरुलाई बिना जानकारी क्रियाशिल सदस्यता एकैचोटी केन्द्रमा थपिएपछि सम्पुर्ण वडा सभापतिहरु विरोधमा उत्रिदै पत्रकार सम्मेलन आयोजना गरेका थिए ।क्षेत्र नम्बर २ का १८ मध्ये १३ वडा सभापतिलाई क्रियाशिल सदस्यताको फारम समेत उपलब्ध नगराई सदस्यता केन्द्रमा पठाएको भन्दै उनीहरुले बिरोध जनाएका छन् ।

नेपाली काँग्रेसको विधान अनुसार केन्द्रबाट आएको सदस्यता फारमहरुलाई जिल्ला पार्टी सभापतिबाट बुझेर क्षेत्रीय सभापतिले वडा सभापतिहरुलाई जिम्मा लगाउनु पर्ने र वडा समितिबाट निर्णय भएर आएकाहरुको सदस्यता थप्नुपर्ने वा नवीकरण गर्नुपर्ने नियम भए पनि क्षेत्र नम्बर २ मा नभएको वडा का सभापतिहरु ले पत्रकार सम्मेलन मा जनाएका छन् ।

शुकवार कलैया मा आयोजना गरिएको पत्रकार सम्मेलन मा महाधिवेशन प्रतिनिधी राजेश रौनियारले क्षेत्रीय सभापति यादवले पार्टीलाई बपौटी बुझेका छन उनको त्यो हर्कत अब नचल्ने बताए ।कांग्रेसको केन्द्रिय महाधिवेशन नजिकिदै गर्दा देश भरि पार्टीमा क्रियाशिल सदस्यताको विषयलाई लिएर बिबाद हुन थालेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर