बारा- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंह शपथ ग्रहण गर्नुभएको संगै १० सदस्य मन्त्रि र ३ जना राज्यमन्त्री शपथ लिनुभएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहसंगै १० मन्त्रि र ३ राज्यमन्त्रीलाई शपथ गराउनुभएको हो ।
एमालेका संसदीय दलकानेता भौतिक पूर्वाधार विकास मन्त्रि , माओवादी केन्द्रका संसदीय दलका नेता भरत साह अर्थमन्त्रि , नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री हुनुभएको छ ।
यसैगरी युराज भट्टराई उद्योग , वाणिज्य तथा पर्यटन मन्त्रि , राजकुमार लेखि शिक्षा तथा संस्कृति मन्त्रि , शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा संस्कृति मन्त्रि , बेची लुन्गेली उर्जा , सिचाई तथा खानेपानी मन्त्रालय ,प्रमोद जैसवाल खेलकुद तथा समाज कल्याण मन्त्रि , विमला अन्सारी गृह , सञ्चार तथा कानुन मन्त्रि , उर्मिला चौधरी श्रम ताहा यातायात मन्त्रिमा नियुक्त हुनुभएको हो भने स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा केशव राय , शिक्षा तथा संस्कृति मन्त्रीमा शारदा देवी थापा र विना विभागीय राज्यमन्त्रीमा रन्जु कुमारी मण्डल खंग न्युक्त हुनुभएको हो ।







