कलैया- बाराका परवानीपुर गाउँपालिकामा आज विहिबारदेखि तीनदिने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि अभिमुखीकरण तालिम सुरु भएको छ ।

आजबाट सुरु भएको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धित अभिमुखीकरण सम्बधि तालिम जेष्ट २७ गतेसम्म सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताउनुभयो ।

तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बिभिन्न श्रेणीका व्यक्तिले पाउदै आएका सामाजिक सुरक्षा भत्ता वितरणको पारदर्शीता बारे प्रकाश पार्नुभयो ।

उहाले पहिला गाउँ गाउँमा सचिवले सामाजिक सुरक्षा वितरण गर्न लेप्चा लगाउदै भरपाई गराउदै बाडेको सामाजिक सुरक्षा भत्तामा प्रश्न उठ्ने गरेको हुदा अहिले त्यो बैंकमार्फत भुक्तानी गर्दा पारदर्शी र विश्वसनीय भएको बताउनुभयो ।

व्यक्तिगत घटना दर्तामा समेत पहिला हेलचेक्र्याइँ हुने गरेको र समयमा दर्ता नहुदा अभिलेख राख्न समस्या हुदै आएकोमा अहिले व्यक्तिगत घटना दर्ता स्थानीय तहमा हुदा उक्त समस्याको अन्त हुदै गएको बताउनुभयो । व्यक्तिगत घटना दर्ताको बारेमा अझै जनतालाई बुझाउनु पर्नेमा उहाको जोड छ ।

-प्रियंका दास – कलैया , बारा 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर