विद्यार्थी भिसामा अध्ययनको लागि रसिया पठाई दिन्छु भनेर झन्डै ११ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय यमुनामाई गाउँपालिका वडा नम्बर २ का राहुल कुमार प्रजापति रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताउनुभयो ।
प्रजापतिले आफ्नै गाउँका जितेन्द्र कुमार यादवलाई अध्ययन भिसामा रसिया पठाइदिने भनेर एम्बेसीद्वारा जारी भएको भन्दै नक्कली कागजात देखाएर १० लाख ८७ हजार ७२० रुपैयाँ ठगी गरेका थिए ।
पीडितको उजुरीको आधारमा पक्राउ परेका प्रजापतिमाथि ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ ।
-प्रियंका दास – कलैया , बारा







