समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आज मिति २०८१ जेष्ठ २६ गते अं.११:१५ बजेको समयमा जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं. ७ वरेवा स्थित रहेको ARK Hotel मा नेपाल रेडक्रस सोसाइटी बारा जिल्ला शाखाको आयोजनामा र जिल्ला प्रहरी कार्यालय बाराको सहकार्यमा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी बारा जिल्ला शाखाको मन्त्री धिरेन्द्र यादवज्यु, विशिष्ट अतिथि प्रहरी निरीक्षक जटा शंकर यादवज्यु, जुनियर रेडक्रस सर्कल जिल्ला शाखाको सयोजक कृष्ण प्रसाद खरेलज्युको अध्यक्षतामा ऐ. संस्थाको केन्द्रीय कार्यालय जुनियर युवा विभागको उपनिर्देशक लिला खनालज्यु लगायत बारा जिल्लाको विभिन्न स्कुल/कलेजबाट आएका विद्यार्थी भाई बहिनी तथा ऐ.संस्थामा आवद्ध सदस्यहरू लगायत अं.६० जनाको उपस्थितिमा “साईबर अपराध” सम्बन्धि संदेश मुलक प्रस्तुतिकरण यस कार्यालयमा कार्यरत प्रहरी निरीक्षक जट शंकर यादवज्युले दिनुभई उक्त कार्यक्रम ऐ.१३:४५ बजेको समयमा समापन्न भएको ।







