कलैया – बाराको परवानीपुर गाउँपालिकामा आयोजित प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता शनिबार सम्पन्न भएको छ । गत जेष्ट १५ गतेबाट सुरु भएको प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता जेष्ट २६ गते शनिबार सम्पन्न भएको पालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा परवानीपुर गाउँपालिकाका ५ वटा वडा र एउटा कर्मचारी टिम गरी ६ समुहको सहभागित थियो । उक्त प्रतियोगितामा वडा नम्बर ३ प्रथम र वडा नम्बर ४ दोस्रो भएको छ । यसैगरी मैच अफ द मैन ईर्साद अख्तर , मैच अफ द सिरिज राजन साह , बेष्ट बलर रोहण यादव र बेष्ट व्याटर ईर्शाद अख्तर घोसित भएको छन ।
प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई नगदसहित सिल्ड प्रदान गरेर सम्मान गरिएको छ ।
समापन समारोहलाई सम्वोधन गर्दै पालिका अध्यक्ष कुर्मीले यो प्रतियोगिताले खेलाडीलाई खेल क्षेत्रमा लाग्न र प्रोफेसनल रुपले अगाडी बढाउँन मदत पुग्ने बताउनुभयो । उहाले अगादिमा दिनमा समेत पालिकाले खेलाडीहरुलाई प्रोत्साहन स्वरुप खेल प्रतियोगिताको आयोजना गर्ने बताउनुभयो ।
यसैगरी पालिका उपाध्यक्ष सुगान्धि देवी कनुईनले खेलकुदले समेत राष्ट्रको नाउँ उचाईमा पुर्या विश्व सामु चिनाउन सकिने बताउनुभयो । उहाले मात्र क्रिकेट होईन आउने दिनमा पालिकाले अन्य खेलको समेत प्रतियोगिता गराउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले क्रिकेट खेलमा सरकारले अझै लगाई गर्नुपर्ने बताउदै खेलाडीको शारीरिक , मानसिक विकास गर्न यस्ता प्रतियोगिताले महत्पूर्ण भूमिका खल्ने गरेको बताउनुभयो । विजेता सबैलाई अध्यक्ष , उपाध्यक्ष , प्रशासकीय अधिकृत , कार्यपालिका सदस्य वडाध्यक्ष , सदस्य , पालिका कर्मचारीले बधाई सहित आगामी दिनको शुभकामना दिएका थिए ।



-प्रियंका दास – कलैया , बारा







