कलैया – नेपालि कांग्रेस बारा क्षेत्र नम्बर १ ले रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यारालाई तत्काल पक्राउ गरिए कारवाही गर्न माग गरेको छ

शुक्रवार साझँ बाराको आदर्शकोतवाल – २ निवासी कुशवाहा गाँउबाट कलैया तर्फ आउने क्रममा मोटरसाइकलमा आएका अज्ञात समुहले गोली प्रहार गरी हत्या गरेका थिए ।

उक्त घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी कारवाही गर्नु साथै क्याम्पस प्रमुख कुशवाहालाई न्यायोचित क्षतिपूर्ति दिन समेत कांग्रेस बारा क्षेत्र नम्बर १ ले माग गरेको छ ।

क्षेत्र नम्बरका सभापति विजयशंकर यादवले आज प्रेस विज्ञप्ति जारि गर्दै घटना प्रति दुख व्यक्त गर्नुभएको छ ।प्रहरीको फितलो सुरक्षा व्यवस्थाले गर्दा यस्ता घटना घटेको उउहाँको आरोप छ ।

प्रहरी प्रशासनले छिट्टै दोषीलाई कारवाहीको दायरामा नल्याए आफुहरु बाध्य भएर आन्दोलन गर्ने र उक्त आन्दोलनबाट सृजित हुने असहज परिस्थितिको जिम्मेवार स्वयम प्रहरी प्रशासन हुने सभापति यादवले प्रेस विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

-प्रियंका दास -कलैया, बारा 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर