साजिर मन्सूर
कलैया,जेष्ठ २
बारामा जनचेतना खबर सप्ताहिक पत्रीकाको बिमोचन तथा शुभारम्भ गरिएको छ । नेपाल लेखापढी कानुन ब्यवसायी एशोसिएशन कलैयाको सभा हलमा बिमोचन गरिएको हो । प्रमुख अतिथी नेपाल पत्रकार महा संघ बाराका उपाध्यक्ष रामबाबु मेहताले एक कार्यक्रमका बिच ब्यानर पढी पत्रीकाको आज उदघाटन गरेका हुन । बढी खोजमुलक समाचार मात्र सम्प्रेषण गर्न सल्लाह दिए । जिल्लाको बिकृती बिसङ्गती,बाल बिवाह दाइजो प्रथा न्यूनीकरण,कृषिको सवाल,आर्थिक बिषय लगायतको बिषयमा कलम चलाउन सुझाए ।
नेकपा माओवादी केंद्रका युवा नेता मुकेश साहले अहिले पत्रकारले पनि म बिसुद्द पत्रकार नै हु भनेर भन्न सकिने अवस्था नभएको बताए । साहले शिक्षक,राजनीति कर्मी,एनजिओ कर्मी सबैले आफुलाई पत्रकार को बिल्ला भिडाएको देख्दा अचम्म लाग्ने गरेको बताए ।
नागरिक उन्मुक्ति पार्टीका मधेस प्रदेश अध्यक्ष रामचन्द्र चौधरीले जनचेतना खबरले सत्य तथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरे । पत्रकारले लेखेको मा जनताको बिश्वास भएकोले जिल्लाको साचो खबर बाहिर ल्याउन पत्रकारलाई आग्रह गरे । रास्ट्रीय स्तरको पत्रीकाले बाराको समाचारलाई प्राथमिकता नदिएकोले स्थानिय पत्रकारले त्यो जिम्मेवारी काधमा उठाउनुपर्नेमा चौधरीले जोड दिए । हाम्रो जिल्ला सबै तिरबाट दबाईएको महसुस हुने र बारालाई सुनको चरा सम्झेर लुटेर मात्र जाने तर शान्ती सुरक्षाको सवालमा सिन्को भाच्न नसकेको दुखेसो पोखे । जिल्ला विधि र शासनबाट चल्ने हो यदि कुनै कर्मचारीले सरुवा भएपनी यहाबाट जान नखोजेकोलाई कालोमोसो दल्ने चौधरीले बताए ।
पत्रीका हप्ताको हरेक आईतवार प्रकाशन हुने प्रकासक श्यामल कुमार गिरिले जानकारी गराए । पत्रीकामा सम्पादक देवप्रकाश प्रजापतीले नेतृत्व प्रदान गर्ने जनाईएको छ ।
प्रकाशक गिरिको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका मधेस प्रदेश अध्यक्ष रामचन्द्र चौधरी,वरिष्ठ पत्रकार सिकेन्द्र पास्वान,जनमत पार्टीका केन्द्रिय सदस्य बिकाश सिंह,नेपाल पत्रकार महासंघ बाराका सदस्य अनिल पाण्डे,नेपाल कुस्ती संघ बाराको सचिव दिपक यादव लगायतकाको उपस्थिति रहेको थियो ।







