बाराको कलैया बरेवामा जन्मेका बुद्धिविवी तथा शिक्षाविद् लक्ष्मण पौडेलको ८४ वर्षको उमेरमा अमेरीका स्थित क्यालिफोर्नियाको कन्कर्डमा आज बिहान नेपाली समय अनुसार ५ बजे निधन भएको छ । उनी केहि वर्षदेखि मुटुरोग तथा निमोनियाबाट ग्रसित थिए ।

बनारस हिन्दु विश्वविद्यालयबाट बि.ए. गरेका पौडेल विद्यार्थी जीवनमा अखिल बनारस नेपाली छात्र संघका सोशल सेक्रेटरी र छात्रवाणी पत्रिकाका लागी प्रधान सम्पादकको भूमिका समेत निर्वाह गरेका थिए । श्री ३ चन्द्र स्कुल, कलैयामा शिक्षण पेशा गर्दै पछि शिक्षा ईन्स्पेक्टर र जिल्ला शिक्षा अधिकारीको रुपमा उनले केहि वर्ष सेवा गरेका थिए । कलैया रामराजा क्याम्पस स्थापनामा उनको अहम भूमिका रहेको थियो ।

उनी सो क्याम्पसका पूर्व संचालक समिति सदस्य हुन् । बहुदल व्यवस्था पछि २०४९ साल ताका उनी वीरगञ्ज चिनी कारखानाका संचालक पनि भएका थिए । बिद्याथी जीवनमा डा. तारानाथ शर्मा र मनमोहन अधिकारीबाट प्रशिक्षित पौडेल बामपन्थी बिचारधारा राख्दथे ।

बारा जिल्ला एमाले जिल्ला कमिटिका सदस्य र केन्द्रिय प्रशिक्षण विभागमा समेत उनी आबद्ध थिए । उनको हजुरबुवा स्व.गोपीनाथ उपाध्याय तात्कालिन बरेवा देवीगञ्ज दरबारका पुरेत थिए भने बुवा स्व. फणिनाथ उपाध्याय कलैयाका एक सभ्रान्त परिवारमा गनिन्थे ।

स्व. लक्ष्मण पौडेलको श्रीमती, दुई छोरी र एक छोरा छन् । उनका छोरा डा. राजेशकुमार पौडेल वरिष्ठ फेमीली मेडिसीन चिकित्सकको रुपमा हाल कतारको एक अस्पतालमा कार्यरत छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर