कलैया – बाराको मधुवनस्थति सहजनाथ साझेदारी वन व्यवस्थापन समितिको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबण्डा भएको छ ।
अध्यक्षमा नेपाली कांग्रेसका भुवनेश्वर धामीलाई अध्यक्ष र उपाध्यक्ष एमालेका लक्ष्मी यादवलाई निर्वाचित गराउने दुई पार्टीबीच तिन बुँदा सहमति भएको हो ।
दुई पार्टीका संयुक्त प्यानललाई एकमत भएर निर्वाचित गराउन तिन बुँदा सहमति भएको काँग्रेस जिल्ला सचिव राजेश रौनियारले जानकारी दिनुभयो । निर्वाचन यहि असार २२ गते हुनेछ ।
– कलैया , बारा – प्रियंका दास







